अहिले सम्म त गर्वका साथ " म नेपाली हु" भन्न पाइएको छ तर देशको बाहुनवादी शासकहरुको पाखण्डी रास्ट्रवाद्को कारणले हाम्रो भावी सन्ततीहरुले "मेरा देश महान" भन्नु पर्ने निश्चित छ।
देशको आन्तरिक समस्या समाधन गर्न पनि भारतसंग सम्झौता गर्ने, देशको केही भाग भारतलाई दिएर भए पनि अन्य जातजातीको आन्दोलनलाई दवाउन पछी नहट्ने कुरास्ट्रवादी शासकहरुले नेपाल सार्वभम सत्ता सम्पन्न स्वतन्त्र रास्ट्र होइन, भारत कै एक प्रान्त हो भनेर नेपाली जनता सामु प्रस्ट पारेका छन।
हिजो सम्म भारतका यस मेन नहुने,आन्तरिक मामलामा हस्तक्षेप नगर, भारत सामु कहिले नझुक्ने, आदिवासी,जनजाती,मधेसीहरुको आन्दोलन विखण्डन्कारी हो भन्दै खोक्रो रास्ट्रवदी कुराहरु बोल्दै हिड्ने सरकार आफै भारत सामु झुकेर देशको केही भुभाग भारतलाई दिएर खुशी पारेर भए पनि नेपालमा अन्य जातजातीलाई माथी उठ्न नदिने सम्झौता गरेको छैन भन्न सकिन्न ।